युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण
खबर एक्सप्रेस
२०७६-०८-०८ ११:०० मा प्रकाशित
Total Shares: 554
काठमाडौं - उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ।
विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका १६ देखि ४० वर्ष उमेर समूहका युवालाई पहिलो चरणामा ५ अर्ब रुपियाँ बराबरको ऋण दिन लागेको हो। यसका लागि राष्ट्रिय युवा परिषद्ले सरकारी र निजी गरी चारवटा बैंकसँग सम्झौता गर्ने भएको छ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले पहिलो चरणमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र एनएमबी बैंकबीच सम्झौता हुने तयारीमा रहेको जानकारी गराए ।
नेपाल समाचारपत्रबाट
फेसबुक पेज Like गर्नुहोस