काठमाडौं - सुनसरी र सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सुरक्षाकर्मीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

गत महिना भएका साम्प्रदायिक तनावका घटनामा सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको निष्कर्षसहित गृह मन्त्रालयले गठन गरेका दुई छुट्टाछुट्टै छानबिन समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाउँदै घटनाको व्यवस्थापनमा कमजोरी गर्ने प्रशासनिक तथा सुरक्षा अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेक