घुम्नै पर्ने देशमा नेपाल पहिलो स्थानमा, अन्तराष्ट्रिय मिडियाले लेख्यो यस्तो
काठमाडौं - बाघका पाइला खोज्दै दिनभरी चितवनका जंगलमा चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।
‘अझ गैंडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन ।’
झोले पर्यटन –ब्यागप्याकिङ) मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकीय अनुभव गर्न सकिने भन्दै फोब्र्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको हो ।
नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको फाृब्र्सले यहाँको छिनजमै बदलिने मौसमको वर्णन मात्रै गरेको छैन, आगामी दशकको शरूवात (सन् २०२०) मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल समावेश गरेको छ, त्यो पनि पहिलो स्थानमा ।
गोरखापत्र दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस