नेपाल राष्ट्र बैँकले ट्रेजरी बिल बिक्री गर्ने
खबर एक्सप्रेस
२०७७-०५-०१ ११:३२ मा प्रकाशित
Total Shares: 565
काठमाडौं - नेपाल राष्ट्र बैँकले ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री वितरण गर्ने भएको छ । उक्त बैँकले आज भदौ १ गते बोलकबोल प्रक्रियाको माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
बैँकले २८ दिनको ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल भाद्र ३० गते परिपक्क हुनेछ । त्यसैगरी, ९१ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल मंसिर २ गते परिपक्क हुनेछ ।
आज ३ बजे बोलकबोल भएको उक्त ट्रेजरी भोली जारी हुने बैँकले जनाएको छ ।
बैँकले सूचनामार्फत २८ दिन र ९१ दिनको अवधिका लागि ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जानकारी दिएको हो ।

फेसबुक पेज Like गर्नुहोस