काठमाडौं -  पछिल्लो २४ घण्टामा नेपालमा २४४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६४२ र एन्टिजेन विधिबाट ८०३ जनामा संक्रमण पुष्टि भएको हो । 

सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ६८ हजार ७५१ र एन्टिजेनबाट ४९ हजार ७४३ जना पुगेको छ । 

यस्तै, आज थप १२५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ जना पुगेको छ । निको हुनेको दर ९४.७ प्रतिशत छ । 

आज संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ५८२ पुगेको छ ।

No photo description available.