काठमाडौं - कांग्रेस नेता विरेन्द्रकुमार कनौडियाको स्वामित्व रहेकाे महालक्ष्मी सुगर्स प्राईभेट लिमिटेडले उखुको किसानको पैसा भुक्तानी गर्न बाँकी नरहेको जनाएको छ ।

कम्पनीका सहायक प्रवन्धक दीपक न्यौपानेले एक विज्ञप्ती जारी गर्दै भनेका छन्,‘उखुको बाँकी बक्यौता रकम भुक्तानीको सम्बन्धमा काठमाडौंमा भईरहेको उखु किसान आन्दोलनमा केही निहित स्वार्थ बोकेका व्यक्तिहरु मेरो श्री महालक्ष्मी सुगर्स प्रा.ली. सर्लाहीबाट बाँकी बक्यौता रकम भनि नाम जोडेर प्रचार प्रसार गरेकोमा हाम्रो ध्यानाकार्षण भएको छ ।’

बरु, उल्टै किसानबाट चार करोड लिन बाँकी रहेको कम्पनीको दाबी छ । 'कपिलवस्तुमा किसानहरुलाई उखु, उखुको बिउ, मलखाद बापतबिना ब्याजी ऋण दिइएको अन्दाजी रु. ४ करोड किसानहरुले फैक्ट्रिमा गरिदिएको तमसुक सुरक्षित छ । उक्त रु. ४ करोड असुल उपर गराइदिन हुन काममा सहयोगका लागि अपिल गर्दछु ।' विज्ञप्तिमा भनिएको छ । अन्यथा कानूनी उपचारमा जाने  कम्पनीले जनाएकाे छ । 

लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता कनौडियाको चिनी मिल कपिलवस्तुबाट सर्लाही स्थानान्तरण गरिएको छ ।

विज्ञप्ती :-

No description available.