नबिल इन्भेष्टमेन्टबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने
काठमाडौं - विद्यमान कोभिड १९ को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नको लागि कम्पनीमा धाउनु पर्ने बाध्यताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।
प्राथमिक शेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायिक हुनेछ ।
सेवाग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन् भन्ने उद्देश्यले यस कम्पनीले अनलाईनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको हो । जसका लागि खाता खोल्न चाहने व्यक्तिहरुले नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको वेबसाईट www.nabilinvest.com मा गई अनलाई डिम्याटभित्र onlinedemat.nabilinvest.com.np मा क्लिक गरी खाता खोल्न सकिनेछ ।
ग्राहकको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ । यसरी आफुले अनलाईनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध हुनेछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाईनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुनेछ ।
लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्र कै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिंग सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित बुक बिल्डिंग प्रबिधिबाट निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा सहित एकै छाना मुनि सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।
फेसबुक पेज Like गर्नुहोस