काठमाडौं - सरकारले स्पेनका लागि नेपाली राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दावा फुटी शेर्पालाई राजदूतमा नियुक्त गरेकी हुन् ।

शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् ।अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएका महेश दाहालको भने नियुक्ति सरकारले दिएको छैन् ।