बेसारको प्याकेटजस्तो बनाएर सुन ओसार्दै भारतीय गिरोह, विमानस्थलबाटै समातिए २ जना
खबर एक्सप्रेस
२०७६-०९-१८ ११:०० मा प्रकाशित
Total Shares: 289
काठमाडौं - प्रहरीले बेसारको प्याकेटजस्तो बनाएर सुन ओसार्ने दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
यात्रु पस्थान गर्ने भवनको शौचालयबाट प्रहरीले बेसारको पोकाजस्तो देखिनेगरी ल्याइएको सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
दुबईबाट काठमाठौं ओर्लिएका कासिब मोहम्मद र नयाँ दिल्ली हुँदै काठमाडौं आएका मुसाफिन मोहम्मद लाई विमानस्थलमा खटेको महानगरिय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट ४ वटा बेसारको प्याकेटजस्तो देखिने वस्तु बरामद भएको मशाहाखाले जनाएको छ ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस