काठमाडौं - पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरफलाई अदालतले देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । मुरसफ हाल उपचारका लागि दुवईमा छन् ।

केही दिन पहिले मुसरफले एक भिडियो जारी गरि आफ्नो स्वास्थ्य खराब रहेको जानकारी गराएका थिए । पूर्वसैनिक प्रमुखसमेत रहेका ७६ वर्षीय मुसरफले जाँच आयोग आफ्नो पास आएर खबर सोधेको जानकारीसमेत गराएका थिए ।

उनले संविधानको अवहेलना र गम्भिर देशद्रोहको मुद्दाबारे उनले भने, ‘मेरो विचारमा यो मामिला निराधार छ । देशद्रोह त कुरै नगरौँ मैले त यो देशको धेरै सेवा गरेको छु, युद्धमा लडेको छु र दश वर्षसम्म देशको सेवा गरेँ ।’

लाहोरका विशेष अदालतका प्रधानन्यायाधीश वाकर अहमद सेथको नेतृत्वमा बनेको तीन सदस्सिय इजलतसले यो फैसला सुनाएको हो ।