किन गरिन्छ धनवन्तरिको पूजा ? यस्तो छ कारण
काठमाडौं - आज भगवान धनवन्तरि जयन्ती, अर्थात धनवन्तरि भगवानको पूजा पनि गरिन्छ । यो दिन विधिका साथ धनवन्तरिको पूजा गरेमा धनधान्य र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।

को हुन भगवान धनवन्तरि ?
भगवान धनवन्तरिको धनधान्यका देवता मानिन्छ । उनी धनतेरसको दिनमै प्रकट भएका थिए । समुन्द्र मन्थनका बेला देबता र दैत्यले जब समुन्द्र मन्थन गर्दै थिएउसै समयमा धेरै रत्न निक्ल्यो । र अन्त्यमा अमृत निक्लिएको थियो । सो अमृतलाई भगवान धनवन्तरिले हातमा लिएर समुन्द्रबाट बाहिर आएका थिए । जुन दिनउनी प्रकट भए त्यो दिन कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि थियो । त्यही बेलादेखि उक्तदिनलाई धनतेरसको दिनका रुपमा मनाउने गरिएको पाईन्छ । यो दिनलाई नेपालीहरु धनवन्तरि जयन्तीका रुपमा पनि मनाउने गर्दछन् । उनलाई आयुर्वेदको प्रणेतामा पनि लिइन्छ ।
के गर्ने यो दिन ?
भगवान धनवन्तरि र मातालक्ष्मीको उपासनाले सबै मनोकामना पुरा हुने जनविश्वा रहि आएको छ । जीवनमा धनको अभाव हुँदैन । यो दिन किनमेल गर्नु शुभ हुन्छ भन्ने पनि गरिन्छ । त्यसैले आजको दिन मानिसहरु भाँडा, कुच्चो, सुनचाँदी लगायतका सामाग्री खरिद गर्छन् ।

कसरी गर्ने पूजा ?
भगवान धनवन्तरिको चित्रवा मूर्तिलाई स्थापित गर्ने । भगवानको चित्रवा मूर्तिमाफूल र मिठाई अर्पण गर्ने । सकिन्छ भने चाँदीको भाँडामा भोग लगाउने र चाँदीको गिलास वालोटाले जल चढाउने ,पानको पातमाल्वाङ्ग, सुपारी चढाएर भगवानलाई अर्पण गर्ने । घरमा सुख समृद्धिको लागि तलको मन्त्र जप गर्ने ।
सत्यं च येन निरतं रोगं विधूतं,
अन्वेषित च सविधिं आरोग्यमस्य ।
गूढं निगूढं औषध्यरुपम्,
धनवन्तरिं च सततं प्रणमामि नित्यं ।।

.gif)



फेसबुक पेज Like गर्नुहोस