चुनाव रोकिन्छ भन्ने हल्लाको पछि नलागौँ: गृहमन्त्री अर्याल
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 18
मोरङ - गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन रोकिन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
शुक्रबार विराटनगरमा निर्वाचन सुरक्षासम्बन्धी छलफलपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले यस्तो भनेका हुन् ।
निर्वाचन निर्धारित मितिमै हुने बताउँदै उनले भने- 'यो निर्वाचनको तयारी यहाँसम्म पुगेको छ। यो रोकिन्छ, हुँदैन, यस्तो अफवाहमा पनि यसलाई पत्याएर यसलाई टेकेर प्रश्न जन्मिनु उचित लाग्दैन। '
गृहमन्त्री अर्यालले निर्वाचनको सुरक्षा एकीकृत सुरक्षा योजनाअनुसार भइरहेको बताए।
साथै उनले नेपाली सेनाले सुरक्षा योजनाअनुसार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपेटिका, मतपत्र पुर्याएको जानकारी गराए।

.gif)



फेसबुक पेज Like गर्नुहोस