एमाले झण्डा दहन प्रकरणमा रास्वपा दाङसँग २४ घण्टे स्पष्टीकरण मागियो
खबर एक्सप्रेस
२०८२-११-०९ ११:११ मा प्रकाशित
Total Shares: 44
काठमाडौं - निर्वाचन आयोग नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई स्पष्टीकरण सोधेको छ ।
तुलसीपुरमा रास्वपाका कार्यकर्ताहरूले नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरेको आरोप लागेपछि आयोगले पार्टी सभापतिका नाममा पत्र पठाएको हो ।
कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगको आधिकारिक इमेल ठेगानामा स्पष्टीकरण पठाउन भनिएको छ ।
आयोगले तुलसीपुर घटनामा के–कसो भएको हो, एमालेको झण्डा जलाउने कार्य भएको हो कि होइन, तथा एमाले अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गरिएको हो वा होइन भन्ने विषयमा स्पष्ट जवाफ दिन निर्देशन दिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस