दोषीलाई कारबाही नगरेसम्म आन्दोलन गर्ने चिकित्सकहरुको चेतावनी
खबर एक्सप्रेस
२०८०-०६-१० १२:२३ मा प्रकाशित
Total Shares: 33
काठमाडौं - चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।
मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् ।
स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।
फेसबुक पेज Like गर्नुहोस