ललितपुर - ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ।

आगलागी भएको केही समयमा दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए । विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ ।

आठौँ तलामा रहेको दाउरा थकाली पूर्ण रुपमा जलेर नष्ट भएको छ। दाउरा थकाली बाहेक अन्य ठाउँहरूमा भने क्षति नभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागीमा कुनै मानवीय क्षति भएको छैन।