आफूहरुमाथि प्रचार आक्रमण भइरहेको छ: अध्यक्ष ओली
काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफूहरुविरुद्ध तीव्र रुपमा प्रचार आक्रमण भइरहेको बताएका छन् ।
पार्टी एकीकरणको २० महिनापछि आज(बुधबार) सुरु भएको दोस्रो केन्द्रीय समिति बैठकमा बोल्दै उनले लोकतन्त्रप्रति आफूहरुको निष्ठामा प्रश्न उठाइने गरेको भन्दै वैचारिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर सरकारका उपलब्धिबाट जवाफ दिनुपर्ने बताए ।
उनले आन्तरिक वादविवादमा नअल्झि सरकारले हासिल गरेका उपलब्धीलाई जनतामाफ पुर्याउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । चार सय ४१ सदस्य रहेको केन्द्रीय कमिटी बैठकका लागि पार्टी कार्यालयमा पर्याप्त ठाउँ नभएपछि राष्ट्रियसभा गृहमा बैठक बसिरहेको छ ।बैठकमा केन्द्रीय समिति र आमन्त्रित स्थायी समिति सदस्यहरु सहभागी भएका छन् ।
गत वर्ष जेठ ३ गते पार्टी एकीकरणको एक सातापछि जेठ १० गते प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो केन्द्रीय कमिटी बैठक बसेको थियो । आगामी आइतबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यहरुले खुला रुपमा छलफल गर्न पाउने बताइएको छ ।
यसअघि मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गरेसँगै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस