काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटाउनकै लागि खुमलटारमा २८० पटक बैठक बसेको बसेको बताएका छन्।

बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘गएको वैशाखयता पार्टी फुटाउनका लागि खुमलटारमा मात्रै २८० वैठक बसेका रहेछन्’, ओलीले भने, ‘बाहिर ३५ वटा बैठक बसेछन् ।’