काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीवारीमा निवासमा शुक्रबार बिहानैबाट पौडेल पक्षको बैठक बसेको हो । 

छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी छन् ।  महाधिवेशनको मिति नजिकिएसँगै पौडेल पक्षले छलफललाई तीव्रता दिएको हो ।  

साथै पौडेल पक्षका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यतामा देखिएका विवादलाई लिएर मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा रिले अनसन जारी राखेका छन्। उनीहरुले महाधिवेशनको मतदाताको नामावली सार्वजनिक गर्नुपर्नेसहित तीन बुँदे माग राखेका छन् ।