दक्षिण कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस
खबर एक्सप्रेस
२०७७-०८-२३ १२:२७ मा प्रकाशित
Total Shares: 428
काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ ।
मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले दक्षिण कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
ती मन्त्रीका अनुसार दक्षिण कोरियाका लागि डा. कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस भएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस