हारबाट जोगियो रियल मड्रिड
काठमाडौ - च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड शाख्तर डोनेस्कसँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा रियलले शाख्तर डोनेस्कसँग १-१ गोलको बराबरी खेलेको हो । रियललाई हारबाट एन्टोनियो रुडिगरले गोल गर्दै बचाए ।
पहिलो हाफसम्म बराबरी खेलेको रियलले खेलको ४६औँ मिनेटमा गोल खाएको थियो । ओलेक्सान्डर जुब्कोभले गोल गर्दै शाख्तरलाई रियलविरुद्ध १-० गोलको अग्रता दिलाए ।
आफूले बनाएको अग्रतालाई खेलको अन्तिम मिनेटमा जोगाउन नसक्दा शाख्तरले रियलसँग बराबरी खेलेको हो । समूह एफमा रहेको रियलले चार खेलबाट १० अंक बनाएको छ । तेस्रो स्थानमा रहेको शाख्तरको ५ अंक छ ।
यो समूहमा लाइपजिग दोस्रो र सेल्टिक चौथो स्थानमा छ । मंगलबार राती नै भएको खेलमा लाइपजिगले सेल्टिकलाई २-० गोलले पराजित गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस