काठमाडौंका यी ४४ स्थानमा लगाइँदै अमेरिकी खोप
खबर एक्सप्रेस
२०७८-०४-०४ ०७:४२ मा प्रकाशित
Total Shares: 267
काठमाडौं - अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । यसका लागि काठमाडौं महानगरका २८ वटा अस्पतालसहित जिल्लाभर ४४ वटा खोप केन्द्र तोकिएको छ ।
आजदेखि ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यस अघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जोन्सन एन्ड जोन्सन खोप दिँइदैछ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।


.gif)



फेसबुक पेज Like गर्नुहोस