राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवलाई लिएर सडक बनाउनुपर्छ : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७७-१२-०१ ०१:०३ मा प्रकाशित
Total Shares: 327
काठमाडौं = प्रधानमन्त्री केपी शर्मा ओलीले अब सडकहरु राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवलाई लिएर बनाउनुपर्ने बताएका छन् ।
बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब बन्ने सडकहरू असुरक्षित हुनु हुँदैन, चाहे स्थानीय तहले, प्रदेशले जहाँबाट निर्माण भएपनि राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवलाई लिएर बाटो बनाउनु पर्यो र बाटो आफै सुरक्षित हुनुपर्यो ।’
सडक निर्माणका सन्दर्भमा वर्तमान सरकारले निक्कै महत्त्वपूर्ण काम गरेको उनको भनाइ छ । सडकको स्तरोन्नति, विस्तार र निर्माणको क्षेत्रमा अनेक उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीले दाबी गरे ।
फेसबुक पेज Like गर्नुहोस