नेपाल-भारत सम्बन्ध निकै मजबुत छ : भारतीय विदेश सचिव
काठमाडौं - भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल-भारत सम्बन्ध निकै बलियो भएको बताएका छन् ।
बिहीबार दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका श्रृंगलाले विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै दुई देशको सम्बन्ध निकै मजबुत रहेको बताएका हुन् ।
उनले नेपाल आउँदा खुसी लागेको बताउँदै हाम्रो मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने पनि जानकारी गराएका छन् । उनले आफू यसअघि पनि नेपाल आएको तर परराष्ट्र सचिवको रुपमा पहिलो भ्रमण भएको बताए ।
उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनी भोलि गोरखा र मनाङको भ्रमणमा जाने छन् ।
फेसबुक पेज Like गर्नुहोस