काठमाडौं - सर्लाहीको धनकौल-३ स्थित अन्नपूर्ण चिनी मिलको चिनी बजार लैजाने क्रममा किसानहरुले अवरोध गरेका छन् ।

स्थानीय किसानले करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजाने क्रममा अवरोध गरेका हुन् । उद्योगको चिनी १० वटा ट्रकमा राखेर काठमाडौं लैजाने क्रममा किसानले अवरोध गरेका हुन् ।

किसानहरूले मिलको सुरक्षामा तैनाथ प्रहरीमाथि ढुंगा समेत प्रहार गरेका थिए । उनीहरूले चिनी लैजान प्रयोग हुने सडकमा खाल्डो समेत खनेका छन् ।

उद्योग मन्त्रालयमा चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको उद्योगले गृह मन्त्रालयको सहजीकरणमा मिलबाट चिनी बिक्री गरिँदै थियो । हाल अन्नपूर्ण चिनी उद्योगमा ८ हजार क्वीन्टल चिनी मौज्दात छ ।

जिल्ला प्रसााशन कार्याालय सर्लाहीको रोहोबरमा चिनी बिक्रीको लागि सहजीकरण थालिएको थियो । तर बिहानैदेखि स्थानीयले अवरोध गरेपछि उद्योगबाट चिनी बजारमा सकिएको  छैन ।।