देशका उच्च पहाडी भू–भागमा आंशिक बदली,यस्तो रहनेछ आजको मौसम
खबर एक्सप्रेस
२०७९-०८-१२ ०८:३६ मा प्रकाशित
Total Shares: 217
काठमाडौं - देशका उच्च पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ ।
आज राति प्रदेश–१ र वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस