काभ्रेमा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०१-२१ ०२:२८ मा प्रकाशित
Total Shares: 230
काठमाडौं,काभ्रे - काभ्रेमा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री सवार बस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको टाटासुमो एकआपसमा ठोक्किँदा रोशी गाउँपालिका ११ मा दुर्घटना भएको हो । उक्त दुर्घटनामा रोशी गाउँपालिका ११ मा भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी हरि खतिवडाले दिएको जानकारी अनुसार उक्त दुर्घटनामा परी एक जना बच्चासहित पाँच जनाको मृत्यु भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस