काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायतका उद्योगी व्यवसायी सहभागी रहेको सचिवालयले जनाएको छ ।

मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको बताइएको छ ।