काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि
खबर एक्सप्रेस
२०७९-०३-१२ ०५:४७ मा प्रकाशित
Total Shares: 343
काठमाडौं - काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि भएको जनाएको छ ।
पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।
हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकप क्षेत्रमा हैजा देखिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस