काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित छठ पर्व मनाउन आज जनकपुरधाम जाने भएका छन्।
रास्वपाका अनुसार लामिछाने दम्पतीले जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउने कार्यक्रम छ।
तीनदिने जनकपुर भ्रमणका क्रममा लामिछानेले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट, अन्तरक्रिया गर्नुका साथै विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको दर्शन गर्ने कार्यक्रमसमेत तय भएको छ।
पार्टीले सभापतिको स्वागत, समन्वय तथा सहकार्यका लागि मधेस प्रदेशअन्तर्गतका सबै तहका पदाधिकारी, सांसद, पार्टी सदस्य तथा शुभेच्छुकलाई उपस्थित हुन आग्रह गरेको छ।

.gif)



