काठमाडौं - बलिउड अभिनेत्री अमिषा पटेल अहिले अप्ठ्यारोमा परेकी छिन् । धोका दिएको आरोपमा उनीविरुद्ध राँची अदालतमा मुद्दा दर्ता भएको छ ।

निर्माता अजय कुमारले उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन् । अजयको आरोप छ कि  अमिषाले उनीबाट दुई दशमलव पाँच करोड भारु सापट लिएर फिर्ता गरेकी छैनन् ।

उनका अनुसार अमिषा पटेलले गत वर्ष दी म्याजिक फिल्मका लागि ऋण लिएकी थिइन् । सो पैसा फिर्ता गर्ने विषयमा उनले हालसम्म पनि कुनै प्रतिक्रिया दिएकी छैनन् । अजयले भने, ‘यही कारण हामीले उनीविरुद्ध ब्याजसहित जोड्दा तीन करोड जालझेल गरेको आरोपमा मुद्दा दर्ता गरेका हौँ ।’ 

अमिषा ८ जुलाईमा अदालतमा हाजिर हुनुपर्नेछ । तर, अहिलेसम्म उनको कुनै प्रतिक्रिया आएको छैन । अमिषाले ऋतिक रोशनका साथमा कहो ना प्यार है फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।