सरकारले खुलायो चीन र भारततर्फका ३० नाका
खबर एक्सप्रेस
२०७७-१०-१६ ०७:५३ मा प्रकाशित
Total Shares: 287
काठमाडौं - कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ ।
गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर जारी गरेको हो ।
यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमा नाकाका नेपालीले सास्ती भोग्दै आएका थिए ।
कान्तिपुरबाट
फेसबुक पेज Like गर्नुहोस