दिशा र टाइगरको ब्रेकअपको हल्ला गलत
खबर एक्सप्रेस
२०७६-०३-१४ ११:०० मा प्रकाशित
Total Shares: 1097
काठमाडौं - पछिल्ला दिनमा मिडियामा टाइगर श्राफ र दिशा पाटनीको ब्रेकअपको हल्ला फैलिएको थियो । समाचारअनुसार तीन वर्षसम्म रिलेसनमा रहेपछि दुवैले अलग हुने फैसला गरेका छन् । दुवैका विचार आपसमा नमिलेका कारण ब्रेकअप भएको खबर बाहिरिएको थियो ।
तर, उक्त खबर गलत सावित भएको छ । दुवैलाई सँगै मिडियाले फेला पारेका छन् । त्यसपछि भने उनीहरूको ब्रेकअप भएको खबर लगत भएको पुष्टि भएको हो । दिशा र टाइगर प्रायः सँगै लन्च र डिनर गर्छन् । उनीहरूले सँगै खिचेको तस्बिर मिडियामा आइरहन्छ ।
फेसबुक पेज Like गर्नुहोस