दाहाल-नेपालको पनि हस्ताक्षर अभियान
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत जुटाउन बालुवाटारमा हस्ताक्षर अभियान चलाएपछि त्यसलाई चुनौती दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पिन त्यही अभियान थालेका हुन्। आफ्नो समूहका केन्द्रीय सदस्य र सांसदहरुलाई बुधबार दिउँसो बालुवाटारमा बोलाएका ओलीले त्यहीँ हस्ताक्षर अभियान चलाएका हुन्।
ओली समुहमा ७८ सांसद रहेकोमा स्रोतका अनुसार ओलीलाई साथ दिन हालसम्म ९२ जना सांसदले हस्ताक्षर गरिसकेका छन्। बुधबार साँझ सचिवालय बैठक बस्ने भएपछि ओलीले आफ्नो पक्षमा बहुमत रहेको सन्देश दिन खोजेका हुन्। उनको पक्षमा हस्तक्षर गषरेर साथ दिन जीवराज आश्रित पत्नी माया ज्ञवाली र रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई पनि बालुवाटारमा बोलाइएको थियो।
यसैबीच ओलीलाई चुनौती दिन दाहाल-नेपाल समूहले पनि हस्ताक्षर अभियान चलाएका छन्। यसले पछिल्लो घटनाक्रममा ओली एकातिर दाहाल-नेपाल अर्कातिर हुने अवस्था देखिएको छ।
माधव नेपाल समूहका एकजना सांसदका अनुसार सोमबारदेखि नै सुरु भएको हस्ताक्षर अभियानलाई अहिले फेरि अगाडि बढाइएको हो। यसअघि अध्यक्ष दाहालको निर्देशनमा नेता हरिबोल गजुरेलले हस्ताक्षर अभियान थालेका थिए।
प्रचण्ड समूहका नेता हरिबोल गजुरेलसहितले ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट बिदा गर्न भन्दै हस्ताक्षर अभियान चलाइरहेका थिए। प्रचण्ड समूह ओलीलाई सरकारबाटै बिदा गर्ने रणनीतिमा छ भने नेपाल समूह ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने पक्षमा छ। तर ओली भने बरु तीनजना अध्यक्ष बनाएर जाने तर एक पद नछाड्ने पक्षमा छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस