दैनिक कोरोना संक्रमित बढे, थप ११ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-१०-२५ ०४:३० मा प्रकाशित
Total Shares: 288
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५८७ जनाको पीसीआर परीक्षण गर्दा ११८४ जना र ४१०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जना गरी १९५७ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ५१०३ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८३८ छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस