पूर्वमाओवादी भण्डारीलाई एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार
खबर एक्सप्रेस
२०८२-०९-२३ १२:५८ मा प्रकाशित
Total Shares: 49
काठमाडौं- नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो । एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल, गण्डकी प्रदेशमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ । आगामी माघ ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस