काठमाडौं - निर्वाचन आयोगले यही १४ मंसिरमा हुन गइरहेको स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र छापेको छ ।

भिन्नाभिन्नै पार्टीका र भिन्नाभिन्नै स्वतन्त्र उम्मेदवार भएकाले ५२ प्रकारका मतपत्र छाप्नुपरेको आयोगले जनाएको छ ।

ती मतपत्र र निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिइएको छ । मंसिर ७ गते सबै निर्वाचन क्षेत्रमा मतपत्र र निर्वाचन सामग्री पुर्‍याइसक्ने लक्ष्य छ ।

यसैबीच निर्वाचन आयोगले बिहीबारबाट निर्वाचन शिक्षा सुरु गर्दैछ । निर्वाचन शिक्षा ११ गतेसम्म चल्ने छ । ११ गते रातिदेखि मौन अवधि सुरु हुन्छ ।

आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख,तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।