दिल्ली फर्किए 'रअ'का प्रमुख गोयल
खबर एक्सप्रेस
२०७७-०७-०६ १२:०८ मा प्रकाशित
Total Shares: 1468
काठमाडौं - भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल दिल्ली फर्किएका छन् ।
गोयल बिहीबार बिहान १० बजे विशेष विमानमार्फत् दिल्ली फर्किएको विमानस्थल स्रोतले बताएको छ । उनी बुधबार करिब पौने १ बजे विशेष विमानबाट काठमाडौं उत्रिएका थिए ।
गोयलले काठमाडौंमा राजनीतिक दलका नेता तथा सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गरेको स्रोतको दावी छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेको बताइएको छ । यद्यपी, प्रधानमन्त्रीको सचिवालय यसबारे मौन रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस