नेपाल टी-२० वरीयतामा एसोसियटको शीर्षस्थानमा
खबर एक्सप्रेस
२०७८-१२-२७ ०९:१० मा प्रकाशित
Total Shares: 203
काठमाडौं - आइसिसी पुरूष टी-२० टिम वरीयतामा नेपालले सुधार गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा अघिल्लो महिनाभन्दा एक स्थान माथि उक्लदै नेपाल १२औं स्थानमा पुगेको छ।
नेपालभन्दा तल युएई १३औं, स्कटल्यान्ड, १४औं र आयरल्यान्ड १५औं स्थानमा छन्। नेपाल टी-२० वरीयतामा एसोसियट क्रिकेटको शीर्षस्थान ओगट्न सफल भएको छ ।
वरीयताको शीर्ष स्थानमा भारत छ। दोस्रो स्थानमा इंग्ल्यान्ड छ भने पाकिस्तान तेस्रो स्थानमा, न्युजिल्यान्ड पाँचौ स्थानमा छन्।
नेपालले हालै घरेलु मैदानमा त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस