कुमारी इक्वीटी फण्डमा माग गरे भन्दा बढी आवेदन
खबर एक्सप्रेस
२०७७-११-२६ ०५:३३ मा प्रकाशित
Total Shares: 339
काठमाडौं - कुमारी ईक्वीटी फण्डको प्रति इकाई मूल्य रु. १० अंकित दरको ८,००,००,००० (आठ करोड) इकाईहरु मिति २०७७/११/१४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरि मिति २०७७/११/२५ गते निष्काशन तथा बिक्री बन्द गरिएकोमा आवेदकहरुबाट माग गरे भन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन आएकोप्रति फण्डले सबै लगानीकर्ताहरुमा कृतज्ञता व्यक्त गरेको छ ।
साथै, कोष प्रबद्र्धक एवं योजना व्यवस्थापकले आगामी दिनहरुमा समेत निरन्तर सहयोग र सद्भावको अपेक्षा राखेका छ । आम लगानीकर्ताहरुले देखाएको विश्वसनियतालाई आगामी दिनहरुमा कायम राख्दै अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस