संसद् विघटन मुद्दामा सर्वोच्चको तारेख ‘अर्थहीन’ : ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले निर्वाचनपछि साधारण तारेख तोक्नु व्यावहारिक रूपमा अर्थहीन भएको टिप्पणी गरेका छन् । झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यत्रो ठूलो संवैधानिक प्रश्नमा अदालतले समयमै निर्णय दिनुपर्ने भए पनि त्यसो नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।उनका अनुसार, संवैधानिक जटिलतामा फसेको मुलुकलाई निकास दिन सर्वोच्चको फैसला निर्णायक हुनुपर्ने थियो। 'अब सर्वोच्च अदालत यत्रो संवैधानिक प्रश्नमा अल्झिएको छ। यस्तो जटिल अवस्थामा सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनुपर्दथ्यो,' उनले भने।
ओलीले निर्वाचन सम्पन्न भइसकेपछि साधारण तारेख राखिनु मुद्दाको मूल प्रयोजनसँग मेल नखाने दाबी गरे। 'निर्वाचनपछि साधारण तारेख यस मुद्दा सम्बन्धी व्यावहारिक रूपमा अर्थहीन छ, प्रयोजनहीन छ। सैद्धान्तिक रूपमा भोलिका लागि सिद्धान्त प्रतिपादन होला, एउटा नजिर त बस्ला, जे बस्ला। तर न्याय अर्थपूर्ण हुनुपर्दछ,' उनले भने । संसद् विघटनसँग सम्बन्धित मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस