काठमाडौं - नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधव नेपालसहित १४ जना सांसदहरुलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभामुख अग्नि सापकोटाको पुन: नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधव नेपालसहित १४ जना सांसदहरुलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभामुख अग्नि सापकोटाको पुन: ध्यानाकर्षण गराएको छ ।
बिहिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दबाव दिएका हुन् । सचेतक शान्ता चौधरी, खगराज अधिकारी, गोकुल बास्कोटा ,कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायत सिंहदरबार पुगेका छन् ।
बुधबार पनि एमालेका प्रमुख सचेतक बिशाल भट्टराई नेतृत्वको टोलीले सभामुख सापकोटालाई भेटेर माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यमाथि गरेको कारवाही तत्काल अगाडि बढाउन दबाब दिएको थियो । एमाले स्थायी कमिटी बैठकले मंगलबार पार्टीको ह्वीप उल्लंघन गरेको र विभाजनकारी गतिविधिमा लागेको भन्दै नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको थियो ।
त्यसपछि कारवाहीमा परेका १४ जना सांसदले उक्त अवैधानिक रूपमा गरिएको कारबाही नगर्ने व्यवस्था मिलाई पाँउ भन्दै संसद सचिवालयमा निवेदन दिइसकेका छन् । हाल पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले भने नेकपा एमाले विभाजन गरेर निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ता गराइसकेका छन् ।
यी हुन् कारवाहीमा पर्ने सांसदहरू
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण
१३. सरला यादव
१४. कलिला खातुन

.gif)



