बाँकी जीवन आर्थिक विकास र समृद्धिका लागि : प्रचण्ड
खबर एक्सप्रेस
२०७६-०९-२० ११:०० मा प्रकाशित
Total Shares: 296
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवनलाई आर्थिक विकास र समृद्धिका लागि समर्पित गर्ने संकल्प लिएको बताएका छन् ।
अन्नपूर्ण काठमाडौं समाजले शनिवार राजधानीमा गरेको साधारणसभामा उनले आफूले २ पटक देशको नेतृत्व गरेको र त्यसपछि आफू निरन्तर समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको स्पष्ट पारे ।
आर्थिक समृद्धिका लागि पर्यटन मुख्य क्षेत्र रहेको र आफूले पर्यटकीय क्षेत्रका पहिचान गरेर विकासको कामहरू अगाडि बढाएको उनले बताए ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस