काठमाडौं - गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । तीन जना घाइते छन्।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ मा तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटना भएको हो।

नौ जना सवार रहेको जिप शुक्रबार बिहान भिरबाट खसेको जिल्ला प्रहरी कार्यालय गुम्मीले जनाएको छ ।

दुर्घटनामा परेर इस्मा वडा नम्बर ४ का ३३ वर्षका धनबहादुर अछामी, ६५ वर्षका डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षका वसन्त दर्लामी, मालिका गाउँपालिका वडा नम्बर ५ की करिब ८० वर्षिया सुन्दरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् ।

चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।