काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ ।

साहले काम गर्न असहयोग भएको भन्दै केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष  प्रदेश २ को अध्यक्ष पदबाट राजीनामा दिएका थिए । नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधान गरिने महासचिव पौडेलको भनाइ छ।

साहले रौतहटमा वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी एकीकरणको काम हुन नसकेको आरोप समेत लगाएका थिए । तर, रौतहटमै पूर्वमाओवादी पक्षका अशोक जयसवाललगायतका नेताले पत्रकार सम्मेलन गरी प्रभु साहले मनोमानी गरेकाले समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।