काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) संसदमा सम्बोधन गर्ने भएका छन् ।
सम्बोधनका क्रममा आफ्नो दुई वर्षको कार्यकालमा सरकारले गरेको काम कारबाहिको बारेमा जानकारी गराउने छन् ।
शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको संसद सचिवालयले जनाएको छ ।
यसअघि शुक्रबार नै प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तय भएको थियो । तर, राष्ट्रियसभाका बहालवाला सांसद्को निधन भएपछि आजका लागि स्थगित गरिएको थियो ।

.gif)


