जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
खबर एक्सप्रेस
२०७७-०२-२५ ०७:२१ मा प्रकाशित
Total Shares: 294
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आइतबार जसपाका नेताहरु निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् ।
नवगठित जसपाको अधक्षमा अब महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव रहनेछन् । साथै राजेन्द्र महतो र अशोक राई पदाधिकारी रहनेछन् । तीन अध्यक्षमध्ये संघीय परिषदको नेतृत्व डा. भट्टराईले गर्नेछन् भने केन्द्रीय समितिको नेतृत्व यादव र ठाकुरले गर्ने सहमति भएको छ ।
गत बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएर जसपा बनेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस