सिटीको सानदार विजयी सुरुवात
खबर एक्सप्रेस
२०७९-०४-२३ १०:१२ मा प्रकाशित
Total Shares: 160
काठमाडौं,एजेन्सी - यसै सिजन म्यानचेस्टर सिटी आएका नर्वेली फरवार्ड एर्लिङ हालाण्डले प्रिमियर लिग डेब्युमै दुई गोल गरेपछि साविक विजेता सिटीले लिगको पहिलो खेलमा गरेको छ ।
सिटीले आइतबार राति भएको खेलमा वेस्टहाम युनाइटेडलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।
हालाण्डले खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको ६५ औं मिनेटमा केभिन डि ब्रुएनाले दिएको पासलाई हालाण्डले गोलमा परिणत गरे ।
जितसँगै सिटीले पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोडेको छ भने वेस्टहामले हारबाट लिगको सुरुवात गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस