काठमाडौं - नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष छलफलमा जुटेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा छलफल भएको थियो । सो बैठकपछि सिंहदरबारमा भर्खरै निर्णायक बैठक सुरु भएको हो । 

कांग्रेस संसदीय दलको कार्यालयमा छलफल जारी रहेको माओवादी केन्द्रका एक शिर्षनेताले जानकारी दिए ।