काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कोरोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला १ सयले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९१ हजार ९५० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।