कस्तो रहला आज दिनभरको मौसम ?
खबर एक्सप्रेस
२०७९-०८-२८ ०८:३० मा प्रकाशित
Total Shares: 188
काठमाडौं-हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
तराई भूभागको केहि स्थानहरुमा हुस्सुरकुहिरो लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसोː प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
फेसबुक पेज Like गर्नुहोस